अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन


नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्।

ललितपुरस्थित सुमेरु अस्पतालमा उपचाररत पूर्वअर्थमन्त्रीसमेत रहेका पुन शुक्रबार डिस्चार्ज भएका हुन् । पुनको स्वास्थ्यमा केही सुधार आएपछि फलो अप उपचारलाई जारी राख्नेगरी डिस्चार्ज गरिएको उपचारमा संलग्न एक चिकित्सकले जानकारी दिए । 

केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र रोल्पा पुगेका उनी स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरमा काठमाडौँ फर्केर अस्पताल भर्ना भएका थिए । उनलाई आज मात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले अस्पतालमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका लिएका थिए । 

वंशाणुगत जण्डीसबाट पीडित पुनको कलेजो ८५ प्रतिशतभन्दा बढी बिग्रिइसकेको हुनाले अबको उपचार प्रत्यारोपण नै रहेको चिकित्सकहरुले सुझाव दिइसकेका छन् । उनले यसअघि थाइल्यान्ड र चीनमा उपचार गराउँदै आएका थिए । 

Logo