प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछुः सभामुख घिमिरे

प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउनेछुः सभामुख घिमिरे


प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधि सभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन् । 

शुक्रवार सभामुखको पद तथा गोपनियताका शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसदलाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन् । उनले संसदलाई अझ बढी क्रियाशिल बनाउन पनि प्रयत्न गर्ने बताए । 

उनले संसदलाई प्रभावकारी ढंगले अगाडी बढाउने बताए । 

सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । 
 

Logo