#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व556767334689228675652353216
नेपाल6824566112

गुल्मीमा तीन जनाको शव फेला, घटना रहस्यमय

सांकेतिक तस्बिर ।

गुल्मी,

गुल्मीमा रहस्यमय तरिकाले तीन जनाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा एक महिला र दुई बालिकाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

महिलाको शव भेटिएको ठाउँबाट करिव दुई सय मिटर पर बालिकाहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घटनास्थल सदरमुकाम तम्घासबाट साँढे ५ घन्टाको दूरीमा रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार