प्रदेश १ मा अब ९ मन्त्रालय कायम रहने

प्रदेश १ मा अब ९ मन्त्रालय कायम रहने


प्रदेश १ सरकारले अब ९ वटा मन्त्रालय कायम गर्ने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १३ वटा साविकका मन्त्रालय संख्या घटाएर ९ वटा कायम गरेको हो। 

प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाका अनुसार अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएका छन् । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय भने खारेज भएका छन् । 

२९ पुषमै विश्वासको मत प्राप्त गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हालसम्म मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गरेका छैनन् । उनले दुई चरणमा ६ जना मन्त्री नियुक्त गरेका छन्, तर विना विभागिय । पहिलो चरणमा एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बू मन्त्रीमा नियुक्त भएका थिए भने दोस्रो चरणमा माओवादीका दुर्गाप्रसाद चापागाईँ र जीवन आचार्य तथा एमालेका बुद्धिकुमार राजभण्डारी मन्त्री बनेका छन् । 

Logo