Kendrabindu Top 5 : नेपालीलाई करोडको अवार्डदेखि नेपाली चेली अमेरिकी मेजरसम्म (भिडियो सहित)

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

आजका प्रमुख समाचारहरु मध्ये नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको विषयले चर्चा पाएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

यस्तै बैंक तथा बित्तीय संस्थाबाट ऋण लिएर घर किन्ने सोचमा हुनेहरुलाई नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ मा संसोधन गर्दै ब्याजदर बढेपनि किस्ता नबढ्ने व्यवस्था गरेको विषय पनि प्रमुख समाचारको रुपमा आएको छ ।

यता नेपाली चिकित्सक किरणजंग कुँवरले एक करोड राशीको अवार्ड जितेको समाचार पनि मुख्य समाचारको रुपमा आएको छ । नेपाली मूलकी समृद्धि रिमाल अमेरिकी सेनाको मेजर पदमा बढुवा भएको समाचार पनि चर्चामा छ । थप विवरण हेरौं यो भिडियोमा :