वीरगन्जमा १८ वर्षिया युवतीको कोरोनाबाट मृत्यु

वीरगन्जमा १८ वर्षिया युवतीको कोरोनाबाट मृत्यु


वीरगन्ज ।

वीरगन्जमा १८ वर्षिया युवतीको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ । उपचारका लागि नेसनल मेडिकल कलेज ल्याउने क्रममा बाटोमै मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालमा गए राति गरिएको परीक्षणमा उनको स्वाब नमुनामा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।

साउन यता मात्र पर्सामा १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । नेपालमा हाल सम्म ५८ जनाको कोरोनाबा मृत्यु पुष्टि भइसकेको छ ।

Logo