गृहमन्त्री लामिछानेको पासपोर्ट छानविनको विषय संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह

गृहमन्त्री लामिछानेको पासपोर्ट छानविनको विषय संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह


नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पासपोर्ट छानविनको विषयमा संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरेका छन् । 

शनिबार उपसभामुख चयनका लागि जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सभामुखसमक्ष संसदलाई जानकारी गराउन रुलिङ गर्न आग्रह गरेका हुन् । ‘यो संसदमा धेरै कुराहरुको छानवीनको जरुरी छ, सभामुख महोदय । कसैको नागरिकताको बारेमा छानवीन होला । कसैको पासपोर्टको बारेमा छानवीन होला । यो विषयमा गृहमन्त्रीको जवाफ चाहियो । जवाफका लागि रुलिङको आवश्यक्ता देख्छु, सभामुख महोदय ।’ उनले भने । 

सांसद खतिवडाले गृहमन्त्री लामिछानेलाई सस्तो लोकप्रियताका लागि जनतालाई ढाँटने, छल्ने काम नगर्न पनि सचेत गराए । 
 

Logo