#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व556326034668028817902334790
नेपाल6824566112

अफगानिस्तानमा बम विस्फोट, ८ बालबालिकाको मृत्यु

सांकेतिक तस्विर

काबुल,
अफगानिस्तानको तखर प्रान्तस्थित बम विस्फोटका कारण ८ जना बालबालिकाको मृत्यु भएको छ । उनीहरुको स्कुलकै छेउमा बम विस्फोट हुँदा ज्यान गएको हो । प्रान्तीय प्रहरी प्रमुख साएद मेहरज सदतका अनुसार उनीहरु १० देखि १५ वर्ष उमेर समूहका छन् । साथै अफगान सुरक्षा फौजलाई लक्षित गर्दै उक्त विस्फोट गराइएको हुनसक्ने अधिकारीले जनाएका छन् ।

तर घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन । तर सदतले तालिबानीलाई यो आक्रमणको आरोप लगाएका छन् । अरबन्युजका अनुसार तखर प्रान्तमा तालिबानी समूह सक्रिय रहँदै आएको छ ।
एजेन्सी

सम्बन्धित समाचारहरु

ताजा समाचार