कांग्रेस कोइराला समूहको भेलाः प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं

कांग्रेस कोइराला समूहको भेलाः प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती गर्‍यौं


नेपाली कांग्रेसमा डा.शेखर कोइराला समूहको भेला बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको छ । आइतबार बिहानदेखि बसेको भेलामा समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको छ ।

संस्थापन इतर समूहको भेलामा कांग्रेसको भूमिका, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषय, कांग्रेसको भ्रातृसंगठनलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेको छ । बैठकमा सहभागी एक नेताका अनुसार डा.कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको बताएका थिए । उनले पार्टीले लिएको निर्णयले कांग्रेसलाई नै क्षति भइरहेको उल्लेख गरेका थिए ।

नेता कोइरालाले कार्यसम्पादन समितिको बैठकमा आफूले प्रचण्डलाई विश्वासको मत दिनु नहुने प्रस्ताव गरे पनि बहुमतको निर्णयलाई मान्नुपर्ने बाध्यता रहेको सुनाएका थिए । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसीलगायत उपस्थित छन् ।

Logo