#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व592008636236029657252592001
नेपाल10425850187

महराका पक्षमा बहस गर्न वकिलहरूको लर्को

निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा करिब ३० जना वकिलले बहस गर्ने भएका छन्।

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा २० जना भन्दा धेरै वकिलहरूले महराको पक्षमा बहसका लागि वकालतनामा पेश गरेका छन्।

महराविरुद्ध सरकारी वकिलले करणी उद्योगअन्तरगत मुद्दाको फाइल जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा पेश गरेर आफ्नो राय राखिसकेपछि प्रतिवादीकोतर्फबाट आइतवारदेखि बहस सुरु भएको हो।

थुनछेकको बहसका क्रममा महराको पक्षबाट वरिष्ठ अधिवक्ता तथा पूर्व न्यायाधिवक्ता रमनकुमार श्रेष्ठ, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्णप्रसाद सापकोटा र सविता भण्डारी बरालले बहस गर्दै छन्। त्यसैगरि अधिवक्ताहरू मुरारी सापकोटा र चन्द्र गुरागाईसहितका कानुन व्यवसायीले थुनछेक बहस गर्ने भएका हुन्। महराको पक्षमा बहस गर्न करिब ३० जना अधिवक्ताले वकालतनामा भरेका काठमाडौं जिल्ला अदालत स्रोतले जनाएको छ।

गत असोज १२ गते संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि महरालाई प्रहरीले पक्राउ गरेको थियो।

महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत विहिबार बलात्कार प्रयास अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा कारागार चलान हुने फैसला अदालतले गर्नेछ ।

सम्बन्धित समाचारहरु