नेपाली कला र संस्कृति कहिल्यै मर्नेछैनः अध्यक्ष ओली

नेपाली कला र संस्कृति कहिल्यै मर्नेछैनः अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कला र संस्कृति अमर रहने बताएका छन् । 

शनिवार भक्तपुरमा आयोजित चौथो एपिक नेपाल म्युजिक अवार्ड कलाकारहरुलाई प्रदान गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले नेपाली कला र संस्कृतिको संरक्षणमा हरेक नेपालीहरु लागेकाले कला र संस्कृति नमर्ने बताए । 

उनले नेपाली संस्कार र संस्कृतिहरु कलाको माध्यमबाट पनि अहिलेसम्म जीवित रहेको भन्दै खुशी व्यक्त गरे । उनले नेपाली कला र संस्कृतिलाई मन पराउने नेपालीहरु धेरै रहेकाले अहिले पनि नेपाली कला र संस्कृतिको महत्व अपार रहेको बताए । 

अध्यक्ष ओलीले कला, संस्कृतिलाई जीवन्त ढंगले जनतासँग, जनताको मनसँग जोडेर संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने कार्यमा कलाकारहरु लागेको भन्दै खुशी व्यक्त गरे । 

अध्यक्ष ओलीले कलाकारहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा धिमे बजाएका थिए । उनले आफूले माटोका भाँडा बनाएर प्रजापती र धिमे बजाएर धिमेखलवालाको अनुभव बटुलेको पनि बताए । 

Skip This
Logo