यस वर्षको नेपाल योग पुरस्कार स्वामी चन्द्रेशलाई प्रदान

यस वर्षको नेपाल योग पुरस्कार स्वामी चन्द्रेशलाई प्रदान


यस वर्षको नेपाल योग पुरस्कार स्वामी चन्द्रेशलाई प्रदान गरिएको छ । 

राष्ट्रिय योग दिवसका अवसरमा लामो समयदेखि योग साधना गरी योग, ध्यान र यससँग सम्बन्धित लेखहरुमार्फत जनमानसमा योगको महिमाको वारेमा उजागर गर्न सफल र अनवरत साधनामा तल्लीन स्वामी चन्द्रेशलाई सो पुरस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई उक्त पुरस्कार प्रदान गरेका थिए । 

योगको क्षेत्रमा विशेष योगदान पु-याउने कुनैपनि व्यक्ति, संघ, संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले हरेक वर्ष राष्ट्रिय योग दिवसका अवसरमा प्रदान गर्नेगरी योगिक समाज नेपालले नेपाल योग पुस्कारको स्थापना गरिएको हो । २०७७ देखि प्रारम्भ भएको उक्त पुरस्कारको राशी ६० हजार रुपैयाँ रहेको छ ।  

Logo