#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1148084153516744412066504468
नेपाल157843492036547

महराको थुनछेक बहस सोमबार पनि जारी रहने

file photo

निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज सकिएन । बहस सोमबार पनि जारी रहने भएको छ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा भएको थुनछेक बहस नसकिएपछि ‘हेर्दा हेर्दै’मा राखिएको छ ।

बन्द इजलासमा भएको बहसमा सरकारी पक्षबाट सहन्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी छन् भने महराका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा, लव मैनाली आदि छन् ।

संसद सचिवालयकी एक कर्मचारीलाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पक्राउ परेका महराको बयान शुक्रबार सकिएको थियो । महराले बयानमा आफू घटनास्थलमा नपुगेको दाबी गरेका छन् । घटना भएको भनिएको घर छेउ पुगे पनि ती महिलासँग टेलिफोन सम्पर्क नभएपछि भित्र नछिरी फर्किएको उनको बयान छ ।

शुक्रबार समय अभावका कारण थुनछेक बहस भने आज आइतबारबाट मात्रै सुरु भएको हो ।

प्रहरीको रायअनुसार जिल्ला सरकारी वकिलको कार्यालयले जबरजस्ती करणी उद्योगमा ७ वर्ष कैद सजाय मागदावीसहित जिल्ला अदालत काठमाडौमा महराविरुद्ध मुद्दा दायर गरेको थियो ।

 

 

सम्बन्धित समाचारहरु

ताजा समाचार