रोनाल्डोको डेब्यु खेलमा अल नसर विजयी

रोनाल्डोको डेब्यु खेलमा अल नसर विजयी


स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसरले साउदी प्रो लिग फुटबलमा जित निकालेको छ ।

आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १–० गोल अन्तरले हराएको हो । रोनाल्डोले लिगमा डेब्यु गरेको खेलमा नसरका लागि टालिस्काले निर्णायक गोल गरे । टालिस्काले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ । नसर शीर्ष स्थानमा रहेको छ । इत्तिफाग १६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।

 

Logo