पेड्रीको गोलमा बार्सिलोना विजयी

पेड्रीको गोलमा बार्सिलोना विजयी


स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा गेटाफेमाथि १–० को साँघुरो जित निकालेको हो । बार्सिलोनाको जितमा पेड्रीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पेड्रीले ३५औं मिनेटमा राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि पनि खेलमा दवदवा बनाएको बार्सिलोनाले थप गोल भने गर्न सकेन ।

जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४४ अंक पुगेको छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ३ अंकले अघि छ । पराजित गेटाफे १८ खेलबाट १७ अंक जोडेर १६औं स्थानमा छ ।

Logo