सुदूरपश्चिमका मुख्यमन्त्री रावल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

सुदूरपश्चिमका मुख्यमन्त्री रावल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान भएको भेटवार्तामा दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेतासमेत रहेका रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। रावल एमालेसहित नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

अहिले मुख्यमन्त्री रावल विश्वासको मत जुटाउन काठमाडौंमा दौडधुप गरिरहेका छन् । उनले यसअघि बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि विश्वासको मतबारे छलफल गरेका थिए । 

माग पूरा नभएसम्म विश्वासको मत दिन नसकिने अडान सात सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले लिएपछि मुख्यमन्त्री रावल सरकार ढल्ने चिन्तामा छन् । बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटमा एक अर्काबीच बधाई तथा शुभकामना अदान प्रदानसमेत भएको थियो । 

Skip This
Logo