नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङः अलराउण्डर आदिल र महबुब नियन्त्रणमा

नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङः अलराउण्डर आदिल र महबुब नियन्त्रणमा


नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा स्पट फिक्सिङ गरेको आरोपमा दुई खेलाडी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पूर्व राष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई नियन्त्रणमा लिएको हो ।

नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो । उक्त प्रतियोगिताको उपाधि लुम्विनी अल स्टार्सले जितेको थियो । सुरूवात देखि नै विवादित बनेको साे प्रतियोगिताका केही खेलमा म्याच फिक्सिङको आरोप लागेको थियो तर, सीआईबीले ५ सदस्यीय छानबिन समिति बनाएर गरेको अनुसन्धानमा म्याच फिक्सिङ नभएर स्पट फिक्सिङ भएको र थुप्रै प्रमाण र आधार फेला परेको बताएको थियो ।

लिग विवादित बनेपछि आइसिसीका प्रतिनिधि टिम समेत आएको थिए। उक्त टोलीले सिआइबीसँग पनि गएर भेटेको थियो। आइसिसीको टिमले सिआइबीको अनुसन्धानलाई सहयोग गर्ने बताएको थियो। साथै लिगमा फिक्सिङसहितका अन्य अवैध गतिविधिको निगरानीका लागि नेपाल क्रिकेट संघ (क्यान)ले वीर सिंहको नेतृत्वमा एन्टी करप्सन युनिटसमेत खडा गरेको थियो।

Logo