फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालन

फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालन


फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो सुविधा सम्पन्न अत्याधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना ग्रहाकहरुलाई बिक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्ट पुर्जाहरुको सेवा समेत दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । 

उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुबबहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनील शंक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोसिएशनका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरेका छन् । यसअघि नै चाउथेमा फोर्स मोर्टसको सोरुम संचालनमा आइसकेको छ । फोर्सका ग्रहाकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधासहित गाडी  मर्मत गर्न सक्नेछन् । करिब ७ रोपनी जग्गामा सर्भिस सेन्टर फैलिएको छ । 

बिक्री पछिको स्पेयर्स तथा सर्भिस सेन्टर एकै ठाउँबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको जानकारी उक्त आयाम इन्टर कन्टिनेन्टल प्रालिका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए  ।

बिगत ८ वर्षदेखि आयाम इन्टरकन्टिनेन्टल प्रालिले नेपालमा फोर्स ब्राण्डका गाडीहरु आयात तथा बिक्री वितरण गर्दै आइरहेको छ । फोर्स मोटर्सले नेपालमै सबैभन्दा बढी सिट क्षमता भएको १४ सिटे जीप बिक्री गर्दै आएको छ । साथै फोर्सका पिकअप भ्यान, स्कुल बस, माइक्रो बस तथा उच्चस्तरीय एम्बुलेन्स पनि नेपाली बजारमा लोकप्रिय छन् । 

Logo