लुटिइन् गायिका मिलन अमात्य

गायिका मिलन अमात्य लुटिएकी छन् । उनले गत विहीबार घर फर्किदै गर्दा मोबाइल लगायत महत्वपूर्ण सामग्री लुटिएको बताएकी छिन् ।

उक्त घटना काठमाडौंको कुलेश्वरस्थित मेट्रो अपार्टमेन्ट अगाडि भएको हो। एकजना अपरिचित ब्यक्तिले उनको मोबाइल संगै ब्याग  लुटेको जानकारी दिईन् । ब्यागभित्र  लाईसेन्स, ब्लु बुक, एटिएम कार्ड लगायतका महत्वपूर्ण सामग्री रहेको कुरा अमात्यले बताइन।

अमात्यले लाईसेन्स र ब्लु बुक कसैले भेट्नु भएमा आफूलाई फेसबुकमा म्यासेज गर्नुहुन वा नजिकको प्रहरीमा बुझाइदिन अनुरोध गरेकी छन् ।