बिहे भएको एक वर्षमै विभत्स हत्या, श्रीमान पक्राउ

पर्सामा हत्या गरिएकी महिला जीराभवानी -३,परसवाकी १८ बर्षीय नितुदेवी पाशवान रहेको खुलेको छ।

भारत बिहार पचरुखी सेढवा माइतीघर भएका नितुदेवीको शव ठोरी -५, ठूलो बाघमोर्चा नजिकैको ओरिया खोला किनारछेउको जङ्गलमा फेला परेको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा मृतकको पति रामबाबु पाशवानलाई पक्राउ गरेको छ छ।पक्राउ परेका पाशवानलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भैरहेको  प्रहरीले जनाएको छ ।

कपिलदेव र नितुदेवीबिच एक वर्षअघि बिबाह भएको थियो ।