जोखिमपूर्ण अवतरण गरेपछि ३ पाइलटलाई निलम्बन गर्न प्राधिकरणकाे निर्देशन

जोखिमपूर्ण अवतरण गरेपछि ३ पाइलटलाई निलम्बन गर्न प्राधिकरणकाे निर्देशन


नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरु उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरुलाई निलम्बन गर्न निर्देशन दिइएको हो । हङकङको सिभिल एभिएसनले खबर गरेपछि त्यसैकाे आधारमा पाइलटहरुलाई निलम्बन गर्न वायु सेवा निगमलाई निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार यसबारे थप प्रक्रिया निगमले नै अगाडि बढाउने छ।

Logo