‘प्रधानमन्त्रीको अकर्मण्यताले देशले आजको अवस्था भोग्नु पर्‍यो’ : गगन थापा

‘प्रधानमन्त्रीको अकर्मण्यताले देशले आजको अवस्था भोग्नु पर्‍यो’ : गगन थापा


काठमाडौं ।

नेपाली काँग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मण्यताले देशले आजको अवस्था भोग्नु परेको आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा आज उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘आफ्नो स्वार्थको लागि संसद बैठक अन्त्य गरेको एक महिनापछि प्रमज्यूलाई कोरोनाबारे संवाद गर्ने साइत जुरेछ ।’ थापाले लेखेका छन्, ‘यो बीचमा बालुवाटारमा पार्टीका, गुटका, षडयन्त्रका दर्जनौँ बैठक बसे तर कोरोना जोखिमबारे प्रमलाई एक पल न सोच्ने फुर्सद भयो न सुन्ने । प्रधानमन्त्री केपी शर्मा ओलीको यही अकर्मण्यताले आजको अवस्था भोग्दैछौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोरोनाका बारेमा छलफल गर्न विज्ञहरुसँग छलफल गरेका थिए । त्यस लगत्तै थापाले यस्तो टिप्पणी गरेका हुन् ।

Skip This
Logo