लगातार खराब नतिजापछि एभर्टन प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त

लगातार खराब नतिजापछि एभर्टन प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्त


लगातार खराब नतिजा दिएपछि इंग्लिस क्लब​ एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तमा परेका छन् । उनी एक वर्ष नपुग्दै  बर्खास्तमा परेका हुन् ।

गत शनिबार एभर्टनले वेष्टह्यामसँग २–० गोलको पराजय बेहोरेपछि क्लबले लाम्पार्डको विकल्पको खोजी गरेको हो । प्रिमियर लिगमा उनको नेतृत्वमा एभर्टनले १२ खेलमा ९ खेलमा पराजय हार बेहोरेको छ । तालिकाको १९ औँ स्थानमा १५ अंकका साथ रहेको एभर्टन रेलिगेसन जोनमा हुने सम्भावना धेरै छ । ४४ वर्षीय लाम्पार्डले गत जनवरीमा रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका थिए । 

Logo