#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1593515950471143206355262
नेपाल9081

कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान

पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ ।

जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी उद्योगको अभियोग लागेका महरालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । अदालतको आदेशसँगै महरालाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महराले थुनामै रहनुपर्ने छ ।

आइतवार सरकारी वकिलका तर्फबाट सह न्यायाधीवक्ता चन्द्रकान्त खनालसहित चार जनाले बहस गरेका थिए। यस्तै, महराका तर्फबाट वरिष्ठ अधिवक्ता लवकुमार मैनाली तथा भोजराज आचार्यले बहस गरेका थिए। सोमवार महराको तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ, सविता भण्डारी, शेरबहादुर केसी लगायतले बहस गरेका थिए।

मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी गरिएको छ ।  जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको छ ।

फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महरा प्रतिनिसभा सदस्य सांसद पदबाट स्वतः निलिम्बित भएका छन् । महराले यस अघि नै सभामुखबाट राजीनामा दिएका थिए।

गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार