राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डसँग ओलीले गरे छलफल

राष्ट्रपति निर्वाचनबारे प्रधानमन्त्री प्रचण्डसँग ओलीले गरे छलफल


प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली  मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । 

मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएसँगै दुई नेताबीच भएको भेटमा राष्ट्रपति निर्वाचन, प्रदेश सरकार बिस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ । 

Logo