‘जनतामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो काम’ -मन्त्री गिरी

‘जनतामा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो काम’ -मन्त्री गिरी


स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताएका छन् ।

मंगलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री गिरीले यस्तो बताएका हुन् । उनले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताए । 

मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताए । उनले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताए । 

उनले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रुपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो । सबै लाग्यौँ भने असम्भव छैन, नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने हाम्रो दायित्व हो, कोही पनि विमुख हुने छैनौँ ।’ 

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पु-याउनु आफ्नो पहिलो काम भएको बताए ।

Logo