ठूला पार्टीका नेताहरु राजाजस्तै आउ-जाउ गर्छन्, हामीलाई चाँही किन यस्तो ? – सीके

ठूला पार्टीका नेताहरु राजाजस्तै आउ-जाउ गर्छन्, हामीलाई चाँही किन यस्तो ? – सीके


जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके) राउतले ठूला दलका नेताहरु संसदमा राजाजस्तै आउने र जाने गरेको टिप्पणी गरेका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष राउतले ठूला दलका नेताहरुको संसदमा राजा जस्तै गरेर आउने कुराले संसदको गरिमा बचाउने अवस्था नरहेको भन्दै चिन्ता समेत व्यक्त गरे । उनले सांसदहरुलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न पनि सभामुख देवराज घिमिरेको गम्भिर ध्यानाकर्षण गराए । 

उनले संविधानको भावना अनुसार संसदको नियमावलीमा संशोधन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।  

अध्यक्ष राउतले संसदमा अलोकतान्त्रिक गतिविधि हुन नदिन सभामुख घिमिरे र उपसभामुख इन्दिरा राना सफल हुने विश्वास समेत व्यक्त गरे । 

Logo