पाकिस्तानमा प्रधानमन्त्रीको राजीनामा मागबाट प्रदर्शनकारी पछि नहट्ने

इस्लामाबाद,

पाकिस्तानमा सरकार विरोधी आन्दोलनका बीच सोमबार भएको सम्मेलन ‘अति सकारात्मक’ भएको टिप्पणी विपक्षी नेताहरुले गरेका छन् । जमियत उलेमा इस्लाम फजलका मौलाना अब्दुल घफुर हैदेरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पाँचदिने ‘आजादी मार्च’ सम्पन्न भइसकेपछि पनि निरन्तर हुने उनको भनाइ छ । साथै प्रधानमन्त्री इमरान खानको राजीनामाको मागबाट आफूहरु पछि नहट्ने हैदरीले बताएका छन् ।

‘प्रदर्शन केही दिने र केही लिने शर्तमा मात्रै अन्त्य हुनेछ’, हैदेरीले भनेका छन् । पाकिस्तानमा विभिन्न विपक्षी दल तथा धार्मिक समूहका नेता सहित हजारौं मानिस प्रधानमन्त्रीको राजीनामा माग्दै केही दिनदेखि सडकमा उत्रिएका छन् ।
एजेन्सी