बाजुरा भूकम्प अपडेटः एक जनाको मृत्यु, एक घाइते

बाजुरा भूकम्प अपडेटः एक जनाको मृत्यु, एक घाइते


बाजुरामा आज दिउँसो गएको भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार गौमुल गाउँपालिका- २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लिँदा ढुंगा खसेर लाग्दा घटनास्थलमै मृत्यु भएको हो । घाँस काटिरहेको बेला भूकम्पका कारण माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।

साथै गौमुल गाउँपालिका–१ मा भेडा चराउन गएका ३५ वर्षीय राजदल बोहरा पनि ढुंगा लागेर घाइते भएका छन् । उनका ३० भेडा, बाख्रा मरेको सूचना आएको बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो बाजुराको मेला क्षेत्रलाई केन्द्रविन्दु भएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पका कारण बाजुरा, बझाङलगायत पहाडी जिल्लाका दर्जन बढी आवासीय घरमा क्षति पुगेकाे छ । भूकम्पको क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र पहरी सहितको टोली परिचालन गरिएको छ । 

Skip This
Logo