राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नु सकारात्मक -शक्ति बस्नेत

राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नु सकारात्मक -शक्ति बस्नेत


नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिको पदमा राष्ट्रिय सहमतिको प्रयत्न गर्नुलाई नकारात्मक रुपमा लिनु नहुने बताएका छन् । 

मंगलवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उपमहासचिव बस्नेतले सम्भव भएसम्म सहमतिको प्रयास गर्नु सकारात्मक कुरा भएको बताएका हुन् ।  उनले भने, ‘सबै कुरामा राष्ट्रिय सहमति आफैँमा राम्रो कुरा हो । सम्भव भएसम्म सहमतिको लागि प्रयत्न गर्नुलाई अन्य धेरै कोणबाट हेर्नु जरुरी छैन । अहिलेको राष्ट्रिय आवश्यकताको कोणबाट सम्भव भएसम्म सहमतिको लागि प्रयास गरिने कुरालाई सकारात्मक रुपमा लिनुप-यो ।’

Logo