जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुमको उद्घाटन

जनकपुरमा डिशहोम फाईवरनेटको वितरण सोरुमको उद्घाटन


नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले जनकपुरमा पनि वितरण सोरुमको सुभारम्भ गरेको छ ।

सोरुम समुद्धघाटन डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाहको उपस्थितिमा सम्पन्न भएको थियो । विगत लामो समय देखि डिशमिडिया नेटवर्कसंग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका न्यू लक्ष्मी इन्टरप्राइजले अब डिशहोम फाईवरनेट बिक्री र विक्री पछिको सेवा नया सोरुम मार्फत दिनेछ । 

५५०० भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको न्यू लक्ष्मी इन्टरप्राइज अव अझ बढी ग्राहकहरुमाझ पुग्नको लागी पनि यस नयाँ सोरुमले मद्दत गर्ने जनकपुरका संचालक सुनिल महतोले जानकारी दिए । 

Logo