झक्कुप्रसाद सुवेदीलाई हृदयघात, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौं,

नेकपाका नेता झक्कुप्रसाद सुवेदीलाई हृदयघात भएको छ । सोमबार विहान दाङ जाने क्रममा थानकोटमा बेहोस भएपछि उहाँलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो ।

चिकित्सकले उहाँको शल्यक्रिया सम्पन्न गरी आइसीयूमा उपचार गरीरहेको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।

नेकपाका तत्कालीन महासचिव माधबकुमार नेपाललाई ०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं २ बाट पराजित गरेपछि उहाँ एकाएक चर्चामा आउनुभएको थियो ।