न्युजिल्यान्डविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतलाई

न्युजिल्यान्डविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतलाई


न्युजिल्यान्डविरुद्धको एक दिवसीय क्रिकेट शृङ्खलामा भारतले ‘क्लिन स्वीप’ गरेको छ ।

तेस्रो तथा अन्तिम एकदिवसीयमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९० रनले हरायो । शृङ्खला ३–० ले जितेको भारत आईसीसी एक दिवसीय वरीयतामा शीर्षस्थानमा उक्लिएको छ। जितका लागि ३ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१ ओभर २ बलमा २ सय ९५ रनमा अल आउट भयो । न्युजिल्यान्डका डेभन कन्वेले १ सय ३८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । भारतका शार्दुल ठाकुर र कुलदीप यादवले तीन-तीन विकेट लिए ।

त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो । भारतका शुभमन गिलले १ सय १२ रन जोडे । कप्तान रोहित शर्मा १ सय १ रनमा आउट भए । न्युजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले तीन-तीन विकेट लिए । भारत पहिलो खेलमा १२ रन र दोस्रो खेलमा ८ विकेटले विजयी भएको थियो ।

भारत र न्युजिल्यान्डबीच अब तीन खेलको टी–२० शृङ्खला हुनेछ । पहिलो खेल शुक्रवार, दोस्रो खेल आइतवार र तेस्रो तथा अन्तिम टी–२० खेल बुधवार हुनेछ ।  

Logo