पाल्पामा भालुको आक्रमणबाट एक जना घाइते

पाल्पामा भालुको आक्रमणबाट एक जना घाइते


पाल्पामा घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी एक जना घाइते भएका छन् ।

घाइते हुनेमा तिनाउ गाउँपालिका–२, का देउबहादुर विक रहेका छन् । घर नजिकै रहेको आँपखोली समुदायिक वनमा मङ्गलबार बेलुकी श्रीमान् श्रीमतीसँगै घाँस काट्ने क्रममा विकलाई भालुले एक्कासी आक्रमण गरेको थियो । भालुको आक्रमणबाट गम्भीर घाइते भएका विकलाई उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको छ । 

Logo