#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व556460534674928680752349781
नेपाल6824566112

टर्कीद्वारा आइएसका पूर्व प्रमुख बगदादीकी दिदी पक्राउ

एजेन्सी

अमेरिकी सैन्य कारवाहीमा मारिएका इस्लामिक स्टेटका प्रमुख अबु बकर अल बगदादीकी दिदी ६५ वर्षीया रस्मिया अवादलाई टर्कीस सेनाले पक्राउ गरेको छ ।

टर्की र सिरियाको सीमा नजिकैको अजाज सहरबाट पक्राउ पर्दा अवाद आफ्ना पति तथा परिवारका अन्य सदस्यका साथ थिइन् । अजाज सिरियाको अलेप्पो प्रान्तमा पर्दछ ।

गत शनिवार अमेरिकाले सिरियामा बगदादी लुकेर बसेका स्थानमा सैन्य कारवाही गरेको थियो । अमेरिकी अधिकारीहरूका अनुसार बगदादीले सुरुङभित्रै आत्मघाती विस्फोट गराएका थिए । विस्फोटमा बगदादीसँगै उनका तीन सन्तानको समेत मृत्यु भएको थियो ।
पक्राउ गरिएकी अवादबाट आइएसको आन्तरिक गतिबिधिबारे सूचना पाउने अनुमान टर्कीका अधिकारीहरूले गरेका छन् ।

यस कुरामा जानकारहरूले भने सन्देह प्रकट गरेका छन् तर उनीहरूले अवादबाट बगदादीको जीवन एवं इस्लामिक स्टेटका विषयमा केही जानकारी प्राप्त हुनसक्ने बताएका छन् । यद्यपि उनीबाट केकति जानकारी प्राप्त हुन्छ भन्ने विषयमा अधिकारीहरू अन्योलमै छन् ।
बगदादीको दिदीका विषयमा निकै कम मात्र जानकारी छ र पक्राउ परिएकी महिला उनै हुन् भन्ने विषयमा स्वतन्त्र पुष्टि अझैसम्म गर्न नसकिएको बीबीसीलगायतका सञ्चार माध्यमहरूले गरेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार बगदादीका पाँचजना दाजुभाइ र थुप्रै दिदीबहिनी छन् । तर तीमध्ये को को जीवित छन् भन्ने कुरा भने अन्योलमै छ । एजेन्सी

सम्बन्धित समाचारहरु

ताजा समाचार