बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा

बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा


बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १–० ले हराएर बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे । डेम्बेलेले खेलको ५२ औं मिनेटमा गोल गरे । यस्तै खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा समेटिएको थियो ।

यस्तै, ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ । ओसासुनाले सेभियालाई अतिरिक्त समयमा २–१ ले हराएर अन्तिम चारको यात्रा तय गरेको हो ।

Logo