विश्व इतिहासमा आजः भारतमा गणतन्त्र घोषणादेखी गुजरातको विनाशकारी भूकम्प

विश्व इतिहासमा आजः भारतमा गणतन्त्र घोषणादेखी गुजरातको विनाशकारी भूकम्प


आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

गुजरातको विनाशकारी भूकम्प

आज अर्थात २६ जनवरीमा भारतको गुजरात राज्यमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पमा २० हजार जनाको ज्यान जानुका साथै एक लाख ६० हजार जना घाईते भएका थिए । भूकम्प जाँदा नरेन्द्र मोदी गुजरातका मुख्यमन्त्री थिए ।

क्लिन्टन–मोनिका सम्बन्ध

सन् १९९८ अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनमाथि आफ्नै कार्यलयकी कर्मचारी मोनिका लेवेन्स्कीले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । २६ जनवरीमा क्लिन्टनले एक विज्ञप्ति सार्वजनिक गरेर आफूमाथि लगाइएका आरोप निराधार भएको दाबी गरेका थिए । तर, क्लिन्टनको झुटे विवरण लामो समय टिक्न सकेन । सोही वर्षको १७ अगस्टमा क्लिन्टनले मोनिकासँग आफ्नो अनुचित सम्बन्ध रहेको स्वीकारेका थिए ।

भारतमा गणतन्त्र दिवस

विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारत सन् १९५० मा गणतन्त्र घोषित भएको थियो । २६ जनवरीदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो ।

अफ्रिकामा अहिलेसम्मकै ठूलो डायमन्ड फेला परेको दिन

सन् १९०५ मा विश्वकै सबैभन्दा ठूलो हिरा दक्षिण अफ्रिकामा फेला परेको थियो । ३१०६ दशमलब ७५ क्यारेटको सो डायमन्डको मूल्य दुई अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको थियो ।

Skip This
Logo