हेटौँडास्थित विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी

हेटौँडास्थित विद्युत् प्राधिकरणको गोदामघरमा आगलागी


हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाम घरमा आगलागी भएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा बुधबारराति आगलागी भएको हो । गोदाममा करेन्ट सर्ट भएर आगालागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । आगलागीबाट प्राधिकरणका धेरै सामान जलेर नष्ट भए पनि क्षतिबारे यकिन जानकारी आएको छैन । गोदामघरमा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाएको थियो । 

Logo