महराले मलाई सही सूचना नदिएर गल्ती गरे- प्रचण्ड
फाइल फोटो

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूलाई सही सूचना नदिएर गल्ती गरेको बताएका छन् ।

प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले बलात्कार काण्डका विषयमा आफूलाई सही सूचना नदिएर महराले झनै गल्ति गरेको टिप्पणी गरेका हुन् । महराले अपराध तर नैतिक त्रुटी गरेको बताउंदै प्रचण्डले भने, “घटना सुन्नासाथ मैले नारायणकाजी श्रेष्ठ र जोगबहादुर महरालाई के भएको हो भनेर बुझ्न पठायौं । तर उहाँले सही कुरा बताउनु भएन । म आफैं जाँदा पनि उहाँले सही कुरा बताउनुभएन । यो उहाँको अर्को गम्भिर गल्ति भयो,” उनले भने ।

पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिंदै प्रचण्डले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि आफ्नोतिर पारेको विषयमा सरकारले कूटनीतिक पहल शुरु गरिसकेको जानकारी दिए ।