बन्चरो  प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

सिरहा जिल्लाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एकजना महिलाको हत्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको हत्या गरेका  हुन्  । स्रोतका अनुसार पासवानले श्रीमतीमाथि  बन्चरो  प्रहार गरेका थिए ।

बुधबार बिहान पासवानकी श्रीमतीले मासु खानका लागि पैसा मागेकी  थिइन्  । तर पासवानले पैसा दिएनन् । यसपछि उनीहरूबीच विवाद सुरू भयो । त्यसै क्रममा पासवानले कवितामाथि अन्धाधुन्ध रूपमा बन्चरो हाने । बन्चरो प्रहारका कारण कविताको घटनास्थलमै मृत्यु भयो ।

घटनापछि  फरार पासवानको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।