सन्दीपलाई खेलमा फर्काउनेबारे क्यानले भन्यो- कानुनअनुसार अघि बढ्छाैँ

सन्दीपलाई खेलमा फर्काउनेबारे क्यानले भन्यो- कानुनअनुसार अघि बढ्छाैँ


नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढ्ने बताएको छ ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बलात्कारको आरोप लागी धरौटीमा रिहा भएका लामिछानेलाई  नेपालको विद्यमान कानूनअनुसार अघि बढ्ने स्ष्ट पारेका हुन् । उनले हाल क्यान कानुन व्यवसायी, सरोकारवालासँग छलफलमा रहेको पनि बताएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पनि नेपालको कानुनले मान्यता दिए लामिछानेलाई खेलाउन समस्या नहुने जनाइसकेको छ ।उच्च अदालत पाटनले लामिछानेलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । 

Logo