सुशिला कार्कीको टिप्पणीः ‘राजाले ठिक गरेनन् भनेर आउनेहरु पनि राजा जस्तै भए’

सुशिला कार्कीको टिप्पणीः ‘राजाले ठिक गरेनन् भनेर आउनेहरु पनि राजा जस्तै भए’


पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । 

बिहीवार काठमाडौंमा प्रेस काउन्सिल नेपाल, नेपाल कानून समाज लगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले राष्ट्रपतिको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् । 

उनले आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको उल्लेख गरिन् । उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भएको टिप्पणी गरिन् । 

पूर्वप्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । उनले भनिन्, ‘निर्वाचनमा बेस्सरी पैसा खर्च गरेर निर्वाचनको अपव्याख्या गरेर त्यस्तो प्रतिनिधि आएभने निर्वाचनको कुनै अर्थ रहँदैन । र देशको शासनपनि त्यस्तै भएर जान्छ । तर यस वर्षको निर्वाचनबाट के देखिएको छ भने हाम्रो नातिनी उमेरकाहरु अहिले देखा परे । थोरै रुपमा मुठीभरमा थोरै युवा र युवतीहरु देखा परेका छन् अहिले । त्यो प्रयास भएको छ । पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको अवस्था छ ।’ 

Logo