डिल्लीबजार जेलमा रहेका ४ चर्चित भिआइपी (भिडियो रिपोर्ट)

निर्वतमान सभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा रहेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । उनलाई सदरखोरको ‘क’ ब्लकमा राखिएको छ ।

संसद सचिवालयकी कर्मचारीमाथि जर्बजस्ती करणी प्रयासको आरोपमा उनी पक्राउ परेका थिए । गत असोज १९ गते पक्राउ परेका महरा बिरुद्द मुद्दा दायर भएको थियो । यस मुद्धाको टुंगो नलागेसम्म महरा जेलमा रहनेछन् । उनलाई डिल्लीबजार कारागार लागिएको छ । पक्राउ गरेको दुई दिनसम्म महानगरीय प्रहरी वृत सिंहदरबारको हिरासतमा बसेका महरा त्यसपछि भने विरामी भएको भन्दै नर्भिक अस्पतालमा बस्दै आएका थिए । महराले असोज १३ गते सभामुखबाट राजीनामा दिएका थिए ।

महरासँगै अन्य तीन जना भिआइपी पनि यही जेलमा छन् । यी मध्ये ३ जना त एउटै कोठामा छन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट