माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

माया खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने


माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका आईपीओ जारी गरेको छ ।

कम्पनीले शुक्रबारबाट सर्वसाधारणका लागि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले यसअघि नै १० लाख कित्ता आयोजन प्रभावितका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

दोश्रो चरणमा निष्कासन गरिने आईपीओमध्ये ५५ अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २५ अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय कम्पनीहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

Logo