चिसो फेरि बढ्न थाल्यो, तत्काल वर्षाको सम्भावना छैन

चिसो फेरि बढ्न थाल्यो, तत्काल वर्षाको सम्भावना छैन


जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता घट्दै गएको चिसो फेरि बढ्न थालेको छ ।

यो सँगै देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ। आज दिउँसो प्रदेश– १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको थियो । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाले आज राति प्रदेश–१ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।

नेपालको मौसमी प्रणालीमा अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ । यसका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको छ ।

महाशाखाका अनुसार आगामी आइतबार दिउँसोसम्म कतै वर्षा तथा हिमपातको सम्भावना छैन। आइतबार राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहे पनि अन्य अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

Logo