#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व669861539314230560163249457
नेपाल2634102334290

उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन आज

काठमाडौं,

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन आज बिहीबार तोकिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न आज बिहीबारको दिन तोकेको हो ।

आयोगले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन कात्तिक २१ गते बिहीबार शुरू हुने जनाएको छ।

कात्तिक २१ गते बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयन हुने सहितको कार्यतालिका सार्वजनिक गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

ती उम्मेदवारको अन्तिम नामावली भने कात्तिक २४ गते प्रकाशन हुनेछ। सो उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१ लगायत ३७ जिल्लाका ५२ स्थानहरूमा मतदान हुँदैछ।

आयोगका प्रवक्ता श्रेष्ठले स्थानीय तहको उपनिर्वाचनका लागि भने उम्मेदवारी मनोनयन आगामी कात्तिक २७ गते हुने पनि जानकारी दिनुभयो। आयोगले उपनिर्वाचनका लागि २ सय ४७ वटा मतदान स्थल र ५ सय ३७ वटा मतदान केन्द्र पनि तोकेको छ।

आयोगका प्रवक्ता श्रेष्ठले मतदानमा भाग लिनका लागि मतदाता परिचयपत्र लिएर आउन पनि आम मतदातालाई आह्वान गर्नुभयो।४ लाख ५४ हजार १ सय १४ जना मतदाताले सो उपनिर्वाचनमा भाग लिनेछन् । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि आगामी मंसिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्नेछ।

सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : आयोग

निर्वाचन आयोगले प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरीत नरहेको जनाएको छ। प्रदेश प्रमुखको पदमुक्त गरी नयाँ नियुक्ति आचारसंहिता विपरीत रहेको भनी भन्दै आएको सन्दर्भमा आयोगले यसबारे यस्तो धारणा सार्वजनिक गरेको हो ।
नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार