पठानले राख्यो १० रेकर्ड

पठानले राख्यो १० रेकर्ड


‘पठान’ मार्फत बलिउड अभिनेता शाहरुख खानको चार वर्षपछिको कमव्याक बलिउड बक्सअफिसका लागि धमाकेदार बनेको छ ।

फिल्मले रिलिजको पहिलो दिन नै बलिउड ‘सकिएको’ मान्ने ट्रोलर्सको होस नै उडाइदिएको छ । फिल्मले पहिलो दिनमै भारतमा करिब ५४ करोडको व्यापार गरेको छ । हिन्दी फिल्मको इतिहासमा फिल्म रिलिजको दिन नै यति बम्बर ओपनिङ सायदै कमैले मात्र चाख्न पाएका छन्

पठानले कमाईसँगै अन्य कैयौं रेकर्ड ब्रेक गरिसकेको छ । फिल्मले विश्वव्यापी रुपमा नै सय करोड बढीको व्यापार गरिसकेको छ । रोचक कुरा के छ भने फिल्मले नयाँ १० रेकर्ड पनि कायम गरेको छ ।

यी हुन् ‘पठान’का १० रेकर्डः

१. भारतमा हालसम्म सर्वाधिक बढी स्क्रिनमा रिलिज हुने पहिलो फिल्म ।

२. पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाई गर्ने हिन्दी फिल्म ।

३. बिना कुनै सार्वजनिक विदाको दिन रिलिज यस्तो पहिलो फिल्म, जसले ओपनिङ डेमै रेकर्डयुक्त कमाई गर्‍यो ।

४. यशराज ब्यानरको तेस्रो फिल्म जसले ‘वार’ (५३ दशमलब ३५ करोड) र ‘ठग्स अफ हिन्दुस्तान’ (५२ दशमलब २५) पछि पहिलो दिन बक्सअफिसमा नेट ५० करोड भन्दा व्यापार गर्ने फिल्म ।

५. तेस्रो यशराज स्पाय युनिभर्स फिल्म जसले ‘एक था टाइगर’ र ‘वार’ पछि रेकर्ड कायम गरेको छ ।

६. पहिलो दिन झण्डा गाड्ने शाहरुखको करियरकै पहिलो हाइएस्ट ग्रसिङ फिल्म ।

७. दीपिका पादुकोणको करियरको लागि पनि ‘पठान’ पहिलो फिल्म हो, जसले ओपनिङ डेमा रेकर्डब्रेक कमाई गर्यो ।

८. पहिलो दिन जोन अब्राहमको करियरको पनि पहिलो हाइएस्ट ग्रसिङ फिल्म ।

९. यशराज फिल्मसको पनि पहिलो दिन सबैभन्दा बढी कमाई गर्ने पहिलो फिल्म ।

१०. निर्देशक सिद्धार्थ आनन्दको करियरको पहिलो दिन कमाइ गर्ने पहिलो फिल्म ।

Logo