क्यानले २८ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा, सन्दीप परेनन्

क्यानले २८ खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा, सन्दीप परेनन्


नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ खेलाडीलाई बोलाएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि शुक्रबार क्यानले खेलाडीहरुलाई बन्द प्रशिक्षणमा डाकेको हो । 

आगामी फेब्रुअरी १४ बाट टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्दैछन् । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा छुटेका सन्दीप लामिछाने भने टोलीमा परेका छैनन् । यसअघि क्यानले उनलाई खेलमा फर्काउने तयारी गरिरहेको विषयहरु बाहिरिएको थियो । 

यी हुन् बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु- 
कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,आरिफ शेख,दीपेन्द्र सिहं ऐरी,सोमपाल कामी,करण केसी,गुलशन झा,शरद भेषवाकर,ललित नारायण राजवंशी,विनोद भण्डारी,सागर ढकाल,सन्दीप जोरा,किशोर महतो,कमलसिंह ऐरी,सिद्धान्त लोहनी,अर्जुन साउद,सुर्य तामाङ,अबिनाश बोहोरा,विवेक यादव,भिम सार्की,मौसम ढकाल,कुशल मल्ल,अनिल शाह,बिक्रम सोब,भुबन कार्की,अंकित सुवेदी ।

May be an image of text that says 'ICC MEN'S CRICKET WORLD CUP LEAGUE 2 CAN SCOTLAND NEPAL-NAMIBIA-SCOTLAND TRI SERIES KIRTIPUR, NEPAL FEBRUARY 14 2023 SQUAD FOR CLOSED CAMP KUSHAL BHURTEL AASIF SHEIKH GYANENDRA MALLA ROHIT PAUDEL DIPENDRA SINGH AIREE AARIF SHEIKH GULSHAN JHA KARAN Kc SOMPAL KAMI SHARAD VESAWKAR LALIT RAJBANSHI KUSHAL MALLA MAUSAM DHAKAL ANIL SAH BIKRAM SOB BHUVAN KARKI ANKIT SUBEDI BINOD BHANDARI SAGAR DHAKAL SUNDEEP JORA KISHOR MAHATO KAMAL SINGH AIREE SIDDHANT LOHANI ARJUN SAUD ABINASH BOHARA SURYA TAMANG BIBEK YADAV BHIM SHARKI @CricketAssociationofNepal f/crcetasoiatiofNeaoffialCaN @CricketNep'

Logo