पोखरामा बम बिस्फोट, विद्या भट्टराईले गराइन् मनोनयन दर्ता

कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ ।

उपनिर्वाचनको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की नजिकै शंकास्पद वस्तु विस्फोट भएको हो ।

कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो। बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । वैदाम प्रहरी कार्यालय घटनास्थलमा पुगेर अहिले छानबिन गरिरहेको छ ।

मंसिर १४ को उपनिर्वाचन प्रक्रिया आजदेखी सुरु भएको छ । कास्की २ मा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।