राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति बने डिपी अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति बने डिपी अर्याल


राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति डोलप्रसाद (डिपी) अर्याल बनेका छन् ।

नागरिकता विवाद मुद्दामा सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको सांसद पद नरहने फैसला गरेपछि बसेको रास्वपाको आकस्मिक बैठकले अर्याललाई सभापतिको जिम्मेवारी दिएको हो । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको हाे । उनी रास्वपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा समेत छन् ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्चको संवैधानिक इजलासले सांसद पद बदर गरेपछि सबै पदबाट मुक्त भएका छन् । उनी उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट स्वतः अलग भएका हुन् । 

Logo